Rule 125
वृत्ति सिफारिस समिति
(१) विद्यालयको कामको सिलसिलामा कुनै शिक्षकको मृत्यु भएमा निजको परिवार वा सन्ततिले पाउने वृत्ति सम्बन्धमा सिफारिस गर्न सम्बन्धित जिल्लामा देहायका सदस्यहरु रहेको वृत्ति सिफारिस समिति रहनेछः–
(क) प्रमुख जिल्ला अधिकारी – अध्यक्ष
(ख) जिल्ला प्रहरी कार्यालयको प्रमुख – सदस्य
(ग) सम्बन्धित विद्यालयको प्रधानाध्यापक – सदस्य
(घ) जिल्ला स्वास्थ्य कार्यालयको प्रमुख – सदस्य
(घ१)प्रतिनिधि, जिल्ला शिक्षक युनियन – सदस्य
(ङ) जिल्ला शिक्षा अधिकारी – सदस्य–सचिव
(२) उपनियम (१) बमोजिमको समितिले कुनै शिक्षकको मृत्यु विद्यालयको कामको सिलसिलामा भए नभएको सम्बन्धमा ठहर गरी त्यस्तो शिक्षकको परिवार वा सन्ततिलाई दिइने वृत्ति रकमको सम्बन्धमा सिफारिस गर्नेछ ।